कविता - आँध्यारो

Monday, July 8, 20130 comments

लाखौ सूर्यको तेज लिएर 
भर्खर उदाएको कलिलो सुर्य 
लागिरहेछ ब्लाकहोलमा फस्दैछ
कहिल्यै नफर्कने गरी ।

जीन्दगी त्यही एक किरणको लागि 
जन्मदेखी यो बुढेसकालसम्म
हजारौ ठक्कर खाँदै यो निराकार निष्पट्ट 
आँध्यारोका एक झुल्का उज्यालोको 
खोजिमा निरन्तर भौतारिरहेको बेला
चिरविर चिरविर चराहरुले मलाई
आभास दिएका थिए र भनेका थिए
अब उज्यालो हुँदैछ ।

आगोको विद्रोह बोकेर
मुटु मन र छातिभरी देश राखी
हिडेको पनि हिजै जस्तो लाग्छ
निरंकुशता विरुद्ध शान्ति यज्ञमा
हातमा हात मिलाई काँधमा काँध मिलाई
तानाशाहको बन्दुकको अगाडी
अलिकती पनि नडराई लडेर जितेर
अधिकारको अस्तित्व स्थपित गरेको पनि
हिजै जस्तो लाग्छ
तर आज फेरी किन ??
नेपाल आमाले गुहार मागीरहेछिन्
आफ्ना सन्तानहरु सँग ।

लाग्दैछ, मैले सोचेको परिस्थिती
र परिवर्तन भएकै रहेनछ
दिन प्रतिदिन उज्यालो हैन अँध्यारेमा
गहिरो खाडल भित्र हराउँदैछ
केही अदृस्य शक्तिले निलीरहेछ या
पूरै पृथ्वीनै ब्लाकहोलमा परिरहेछ
देखिरहेछु केवल निराकार निष्पट्ट
आँध्यारो नै आँध्यारो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. चार लाइन मुक्तक - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger